मेरो भाई अस्ति असार ९ गते २५ लाग्यो, बुवाले त्यो ब्लाक एन व्याइट १४ इन्ची टिभी घरमा भित्राएको पनि त्यतिनै लागेछ। टिभीको कीरा थिए म, अनि त्यहि भाड़ो भित्र पसुंला कि झैं नजिकै बसेर हेर्नपर्ने बानी थियो त्यसैले कक्षा २ मै पावरवाला मोटो चश्मा डाक्टरले भिराइदिए। त्यतिबेला टिभीमा अरु च्यानल आउने भनेको सपना झैं थियो। छतमाथिको त्यो एन्टिना अनि टिभीमा जोडिएको तारलाई हामीले कुन आकारमा कतिमात्रै बंगायेनौ होला र। विक्रमले (काकाको छोरा) त हे दोलखा भीमसेन भनेर भाकल पनि राखेको थियो तर हरसम्भव प्रयास गर्दा नि च्यानल नआएपछि उसले भाकल पूरा गर्नपर्ने अवस्था नै आएन।
Sorry for the pic quality but can't find a better one :) मेरो भाई अनि म (backgroundमा चाहि त्यहि टिभी) |
सन्तोष पन्तको एउटा टिभी सिरियलको एउटा सिनले मलाई निकै प्रभाव पारेको थियो। नाम त याद आएन, सिन चाहिँ कस्तो भने सुस्तमनिस्थिति भएका सन्तोष पन्तलाई उनकी भाउजुले अफिसबाट घर फर्किदा जहिले मीठा चकलेट किनेर ल्याईदिन्थिन्।
हुनत सानैदेखि चकलेट भनेपछि कहिलेकाही राति धेरै ढिला घर आउँदा पनि दुवै छोरीहरुको सिरानीमा आमाले थाहा नपाउने गरि खुसुक्क दुईवटा भएपनि राखिदिने बुवाको बानी थियो अनि यता छोरीहरुका दांत बिग्रने भए भन्ने आमाको चिन्ता थियो। दाँत नबिग्रुन भनेर घरमा नफुकाली वीर हस्पिटलमा लामो लाइन लागेर आमाले मलाई सँगै लानुहुन्थ्यो तर स्याउप्रेमी छोरीलाई डाक्टरले बेलुका घर नपुगी केहि नखानु भन्दा पनि बाटोमै स्याउ किनेर बेस्मारी चपाउनै पर्थ्यो।
नभन्दै बिस्तारै मेरा दाँत त फुकालेपछि फेरि पलाउदा ओवर एक्टिव भएर अगाडी आए बा। बुवाले पाटन हस्पिटल लगेर त्यतिबेला ५१०० तिरेर दिनभर लगाउने सुत्नेबेला फुकाल्ने तार लगाइदिएको पनि हो। तर त्यतिबेला मलाई जति लाज त कसलाई पो लाग्थ्यो होला र। ठूलो सलले टाउको, नाक, मुख छोपेर बुवाको बाइक पछाडि बसेर हस्पिटलबाट घर फर्किएपछि डाक्टरले भने भन्दा ठ्याक्कै विपरित गर्नथाले। सुत्नु अगाडि लगाउथे, बिहानै खोलिहाल्थे। त्योपनि नियमित गरेको भए त केहि हुन्थ्यो कि तर केहि हप्ता पछि त्यो तार मेरो दराजको लकरमा भेटिन थाल्यो। अझै पनि त्यो मसँग सुरक्षित छ। यसो कहिलेकाही सम्झनाको पोको खोल्दा, विगतलाई केलाउदा मजा आउंछ नि हैन।।
दाँत कै प्रसङ्गमा केहि वर्ष अगाडि नाम चलेको orthodontics कहाँ पुगे। चारवटा दाँत निकाल्नुपर्छ, ५० हजार लाग्छ, २ वर्षपछि ठ्याक्कै दाँत भित्र जान्छ भन्ने सुनेर गएकी थिए। तर विदेशबाट पढेर आएकी, निकै अनुभवी उनले भनिन्- तिमी उपचार नगर। यहि नै तिम्रो सौन्दर्य हो। मान्छेको imperfection नै मा उसको beauty लुकेको हुन्छ। यो तिम्रो मन को डर मात्र हो। मन खोलेर हाँस, तिम्रो मुस्कान राम्रो छ।त्यो कुराले वास्तव मै मलाई यसरी छोयो कि म प्रभावित भए र फोटोहरु खिच्दा पनि दिल खोलेर हाँस्न थाँले।
हुनत दुई वर्ष तार लगाउने, दाँत परफेक्ट बनाएपछि के के गर्छु भन्ने मेरो एक खालको सपना थियो। यो जूनीमा त अधूरै रह्यो। हुनपनि त सबै सपना भने झैं पूरा भए अर्थ पनि त हुँदैन थियो होला अभावको, चाहको, आशाको।
who will look not good when he or she smiles :) |
सन्तोष पन्तको टिभी सिरियलमा त्यो सिन हेरेर मैले पनि कमाउने भैसकेपछि हरेकदिन घर फ़र्कदा महंगा चकलेट अनि अरु धेरै मिठा खाने कुरा किन्छु भन्ने सपना आफ्नो बाल्यकालमा साँची सकेकी थिए।
मेरो जीवनमा पुरस्कारबाट हात लागेको पहिलो कमाई ३०० रुपैंया। कक्षा आठमा हुँदा स्कूलले नयाँ नियम ल्यायो। बिहान राष्ट्रगान पछि कक्षा ८, ९, १० का बिद्यार्थीले एउटा शीर्षकमा हरेक दिन हरेक कक्षाका एकजनाले अगाडि आएर बोल्नपर्ने भयो। मैले mother भन्ने शीर्षकमा तीन हरफ कण्ठ पारेर बोलेकी थिए, पुरस्कार स्वरूप ३०० रुपैंया पाए। हतार हतार घर आएर बुवाको हातमा राखिदिदा, आमाको मुहारमा त्यो खुशी देख्दा लाग्यो, मान्छे सबै भन्दा हर्षित उसको सन्तानको सफलतामा हुन्छ, चाहे त्यो जति ठूलो होस् या सानो सफलता नै किन नहोस् ।
मेरो बुवा सानैमा गाउँबाट एक्लै राजधानी आएर, दुख गरेर आफैं पढेर अधिवक्ता भएको मानिस हुनुहुन्थ्यो। हुनत बाबुहरूलाई खासै मनपर्दैन कि के हो आफ्ना दुखका, संघर्षका दिनहरु आफ्ना सन्तानलाई सुनाउन। मेरो बुवाले प्रसंगबश आक्कलझुक्कल आएका ती अनुभवहरु सुनाउदा म भावुक हुन्थे। कहिले पनि अभाव के हो भनेर सन्तानलाई महशुस नगराएका ती बाबुलाई म आफ्नो आदर्श व्यक्ति मानेर मनमनै सलाम गर्थे र म छिटै, थोरै भएपनि आर्थिक सहयोग गरेर तपाईंको बोझ अलिकति भएपनि कम गर्छु भन्ने अठोट पनि गर्थ।
हुनत थोरै मात्रै सन्तानलाई आफ्ना आमाबाबु आदर्श नलाग्ला, बाँकी सबैलाई आफ्ना मातापिता जस्ता अरु कोइपनि छैनन् भन्ने नै त लाग्छ नि।
SLC सकिएपछि म काम खोज्न थाले। रेडियो मोह त जागिसकेको थियो। बिहानबिहान धोबीधारामा रहेको रेयुकाईमा राम्रो बोल्ने कसरी भन्ने ट्रेनिंग लिनजान्थे। गल्स स्कुल पढेको टोइलेट जान पनि साथी चाहने केटी तर एक्लै हिड्दै लुइलुइ पुग्थे। सायद त्यही होला कहिलेकाही भाग्यले आफैं डोराउछ भनेको।
एकदिन ट्रेनिंग कै क्रममा सुने कि एउटा स्कूलमा टिचर चाहिएको रहेछ। बिक्रमसँगै त्यो स्कूल पुगे। तिमीले चाहेको सालेरी कति हो भन्ने प्रश्नमा अवाक् भएर यसो विक्रमलाई हेरेको त उसले हातको इशाराले २ देखायो। मैले नि त्यहि भनिदिए। ती प्रिन्सिपलले हाँस्दै भने हामीले अहिले नै टिचरहरुलाई ३५ सय दिरहेका छौं। तिमी सानै छयौ, कलेजको पढाइ बिग्रन्छ भनेर उनले मलाई एउटा इंग्लिश ल्यांग्वेज इन्सीच्युटमा कुरा गर्दिन्छु भनेर पठाइदिए। त्यो स्कूलबाट फर्किनेबेलामा सुरेली, पिङ्ग देख्दा खेल्न जाउँ विक्रम भनेको त- धत् दिज्जु तिमी त यहाँ टिचर बन्न आएको पो, सुहाउदैन अब भन्यो। हुनत जुनै उमेर, ओहदामा पुगेपनि मान्छेको आफूभित्रको त्यो बालापन त कहिले बुढो हुँदैन।
With my college students in college picnic- Teacher & students fun hand on hand :) |
Success= 90% attitude+ 10% experience |
इंग्लिश ल्यांग्वेज इन्सीच्युटमा पुगेपछि यो भर्नुस भनेर मेरो जाँच लिईयो। म पास भए, भोलिबाट एडवान्स इंग्लिश कोर्स ६ जना विद्यार्थीलाई पढाउने जागिर पक्का भयो। कुर्ता सुरुवाल, हिल जुत्ता लगाएर समयमै क्लासमा पुगे। आफ्ना आन्टी उमेरका महिलाले सोधे आजबाटै पढ्न आउनु भएको हो? मैले हैन पढाउन आएको भन्दा चकित परेका उनीहरुलाई मैले एक महिना जति सकिनसकी के के पढाए कुन्नि तर टिचर भएन भन्ने गुनासो आएपछि मेरो जीवनको पहिलो जब तेही टुंगियो। एक महिनाको पारिश्रमिक लिन पनि भोलि भोलि भन्दा भन्दै १३ वर्ष पो बितेछ।
त्यसपछि कक्षा ११ मा भर्ना भइयो। हिजोको कान्तिपुरमा RJ मागेको छ नि पढिस भन्ने प्रश्न सोधेर साथी प्रेक्षाले जीवनमै ठूलो गुन लगाइन्। सँगैमा अर्की साथीलाई पनि रेडियोमा रुचि रहेछ। हामी दुवैजनाले एपलिकेसन लेख्यौं र बुझाउन भनि पुल्चोक हाइट पुग्यौं। बाटो नदेखेर कहाँ कहाँको लामो बाटो हिडेर भएपनि ठाउँमै पुगियो। रिसेप्सनमा भेटिएका चर्चित आसिस स्यांगदेनले- ल गल्स गुड लक्, looking forward to work with you भनेर उनले हामीसंग हात मिलाए। मेरी साथी त दङ्ग परेर अब म हात नै धुन्न भन्न थालिन्।
त्यसपछि कक्षा ११ मा भर्ना भइयो। हिजोको कान्तिपुरमा RJ मागेको छ नि पढिस भन्ने प्रश्न सोधेर साथी प्रेक्षाले जीवनमै ठूलो गुन लगाइन्। सँगैमा अर्की साथीलाई पनि रेडियोमा रुचि रहेछ। हामी दुवैजनाले एपलिकेसन लेख्यौं र बुझाउन भनि पुल्चोक हाइट पुग्यौं। बाटो नदेखेर कहाँ कहाँको लामो बाटो हिडेर भएपनि ठाउँमै पुगियो। रिसेप्सनमा भेटिएका चर्चित आसिस स्यांगदेनले- ल गल्स गुड लक्, looking forward to work with you भनेर उनले हामीसंग हात मिलाए। मेरी साथी त दङ्ग परेर अब म हात नै धुन्न भन्न थालिन्।
त्यसको लगतै राज दरबार हत्या काण्ड घटेको थियो। जेष्ठ अन्तिमतिर मलाई इन्टरव्यूको लागि कल आयो तर अर्की साथीलाई बोलाइयन। तीन राउण्ड इन्टरव्यू गरियो। मनकामनाको पूजारी को हुन्, खुर्सानीबारी कहाँ पर्छ, दिउँसो एकबजेको कार्यक्रम चलाएर देखाऊ लगायत अरु प्रश्न पार गरेपछि म कान्तिपुर एफ एमको कार्यक्रम संचालक छानिए। त्यतिबेला ९ जना छानिएका कार्यक्रम संचालक मध्यमा मेरो नाम नम्बर ३ मा परेछ।
हामीलाई सिधै on air पठाउनु अघि १० दिनको ट्रेनिंग दिइएको थियो जुन मेरो जीवनकै एउटा उत्कृष्ट ट्रेनिंग बनेर आयो। तर भर्खर गल्स स्कुल पास, लजालु स्वभाव, घुलमिल छिटै नहुने बानीले अनि ट्रेनिंग मा भेटिएका एक सा एक सहकर्मीहरु देखेर म विचलित भए। मेरो त काम गर्न भ्याउदैन जस्तो छ, म छोड्छु अब भनेर त्यतिबेलाका स्टेशन म्यानेजेर शरद राज गौतमलाई पनि भने। तिमीलाई मिल्ने टाइममा कार्यक्रम दिनेछौं भनेर वहाँले उम्कन दिनुभएन। हुनपनि एउटा हिन्दी विज्ञापनले बारम्बार डर क आगे जीत है भनेझै नौ जनाको लटबाट पहिलो कार्यक्रम संचालन गर्ने जिम्मा मेरो भागमा पर्यो।
"We lose many things simply out of our fear of losing them." Paulo Coelho |
हेल्लो this is hindi hungama भनेर माइकमा चिच्याएछु, गीत उल्टोपाल्टो बजाएछु। अहिलेपनि त्यो कार्यक्रम संचालन गर्दैछु र कार्यक्रममा भन्ने गरेकी छु- मेरो जीवनको पहिलो कार्यक्रम हिन्दी हंगामा।
त्यसपछि अर्को महिनाको पाँच गते जीवनकै पहिलो कमाई हात लाग्यो। काम गरेको १६ दिन मात्र भएकोले हिसाब गरेर तलब बुझ्दा लगभग ३५०० हात परेको थियो। पैसा हातमा परेपछि मान्छेको मन न हो त्यसै फुरुङ्ग हुन्छ। दङ्ग पर्दै घर आए। कसैलाई नभनी पैसालाई ब्याग भित्र नै राखिछोडे कारण मलाई बुवालाई देखाउनु थियो, मेरो जीवनको पहिलो कमाई वहाँकै हातमा थमाउनु थियो। नभन्दै बेलुकी घर आएपछि परिवारका सबै सामु आफ्नो जीवनको पहिलो कमाई मैले बुवाको हातमा राखिदिए। हुनत त्यसबाट शुरुको भाग छुटाएर आमाले गणेशलाई धन्यवाद दिनुभयो अनि बाँकी चाहि बुवाले एउटा बैंकमा अकाउन्ट खोलिदिनुभयो तर त्यो पल मलाई लागेको थियो, मान्छेको सफलतामा सबैभन्दा बढी खुशी हुन्छन् उसैकै आमाबाबु।
पहिलो कमाईको कथा सुनाउँदा लगभग १२ वर्ष बितिसकेछ। यी वर्षहरुमा मैले अरुपनि केहि कामहरु गरे। website editor, college lecturer & coordinator, PR Manager, MC, voice over for ads & documentaries, radio trainer, radio shift-in-charge, social campaign founder member etc.
धेरथोर खर्च गरियो, धेरथोर सांचियो। हुनत what you save is your real earning भनिन्छ। तर आगामी दिनका लागि यति आशा कि पैसाकै लागि कहिले बढ्ता महत्वकाक्षी हुन नपरोस्। कर्मले अनि मेहनतको कमाईले सधैं गरिखान सकियोस्। समाजमा आफ्नो परिवारको शिर सधैं शानले ठडयाउन सकियोस्। त्यो कमाई जीवनकै अमूल्य कमाई रहिरहनेछ सदा सदा।
Every word cruised me into the beautiful journey of your life. You have come a long way dee! This is such a beautiful write up; simple yet very stirring!!! Looking for more..:)
ReplyDeleteThank you lauri.. U're always sweet!
Delete
ReplyDeleteGenuine and so good
I think you should write a book
cheers
haha i sud do that later later in life :) how can i follow ur blog? So new to blogging i am.
DeleteTweet brought me here and Left me with blurry vision.....was really touching!Most of the lines specially मान्छेको सफलतामा सबैभन्दा बढी खुशी हुन्छन् उसैकै आमाबाबु was the best one so far. Keep writing !
ReplyDeleteThank you. glad that u liked it.
DeleteGood one! One of the Chapter for upcoming famous autobiography :)
ReplyDeleteahem! ali badhi bhayo jasto chha :)
Deletenice to see Raja sir (or his pic I should have said) after a loong time.. :-)
ReplyDeletenice post!!
haha hai! Thank you for going thru the post Sadhana.
Deletem being impressed with your sweet voice since 7 years back .....these words do not have a sounds but still feels, you are telling your story with own pleasant voice :) u have a god gifted voice, really love that ;)
ReplyDeletethumbs up for blog ! its really nice :)
Thank you suman!
Deleteyo story padhera lagyo sachhai dat u r da grt daughter of ur parents di..........really di abo bistarai writer pani hunu par6 hai!!!!!we r wid u di.....
ReplyDeletehahaha.. i like it! thank you bro.
DeleteI was in class 11 when we frens used to chit-chat abt ur programs n ur voice, I remember me buying small radio set to listen to ur program on Thursday and hits fm for one show on Wednesday. You ruled our late teenage era with ur program and ur voice, and whn my circle heard ur voice we speak up to be first one to guess "hey thts sabeena karki, frm kfm". You were a revolution as a RJ. The best RJ :) and abt the blog its always a pleasure to read it :)
ReplyDeleteThank you wandana. Feels good to know that u guys are/were a part of my radio journey.
Deleteoopss.. account name.. its me Bandana. :)
ReplyDeleteSimple yet majestic....reminescence
ReplyDeleteThank you brother for going thru it. You all are a part of my journey.
DeleteOh! Sabeena! You are superb! You speak or you write you just keep us spellbound.Both of the time after reading your blogs I could not control my sentiments( mera ankhaharu rasaye ).The respect that you give to your parents has brought you here with success and fame as well ( attitude and experience does counts too). You have inspired thousands of lives and had already become an idol for many. Look forward your new posts. All the best for your every moments. God Bless You.
ReplyDeleteRitesh
that's really sweet of u ritesh. comments like these motivate me always. thank you!
Deleteसविना जी, तपाईको यो संघर्षको कथाले युवा भाईवहिनीहरुलाई प्रेरणा दिने काम गर्नेछ भन्ने विश्वास लिएको छु। तपाईले संघर्ष, संकल्प, बलिदान र धैर्यता नगर्नु भएको भए शायद जिवनमा सफलता पाउन सक्नु हुन्नथ्यो। अझै कति धेरै संघर्षहरु गर्न बाँकि नै छन्, कति सफलताहरु चुम्न बाँकि नै छन्। हरेक संघर्षमा तपाईको शिर नझुकोस, हरेक पाईला सफलता ले चुमोस् यहि छ मेरो बर्षौं देखीको कामना!
ReplyDelete१२-१३ बर्ष अघि सुन्ने गरेको कान्तीपूर एफ.एम. कि सुरीली सविना जी लाई बल्ल बल्ल पो भेटेछु! खुशी लाग्यो, ढिलै भएपनि, भर्चुअल्ली नै भएपनि भेट्न अनि देख्न पाएको मा। सविना जी को Facebook Post साथीहरुले शेयर गरेको देख्थें। शायद कुनै कलाकार (चलचित्र सम्बन्धी) हुनुहोला भन्ने सम्झेर कहिल्यै यिनी को हुन् भनेर हेर्ने जमर्को गरिनँ। तर, आज जब्बर बहादुर जी को भिडियोले मन छोयो। को हुन् त यस्ता मार्मीक सन्देश प्रवाह गर्ने यी सविना कार्की भनेर खुलदुली बढे अनुसार खोजतलास गर्दा पो थाहा पाएँ यिनी त उहि एफ.एम. वाली सविना जी पो रहिछिन्। आज म धेरै खुशी छु, अति धेरै खुशी छु।
सबिना दि ज्यु तपाइको शब्द शब्द ले छोयो...तपाइको यो ब्लग पढिरहदा सारै मजा लाग्यो
ReplyDeleteMalai ta timro danta man Perera matrai padhya tumro lekh. Manche Chai k sari ramri ho timi.
ReplyDeleteMalai ta timro danta man Perera matrai padhya tumro lekh. Manche Chai k sari ramri ho timi.
ReplyDeleteinspirable ideal. .... sister
ReplyDeletea big fan of you
What a beautiful story :) your story made me smile and sometimes i happen to have a lil tears on my eyes as well. The best part, u inspired me for my teeth. I have the same teeth alik derainai baira aako cha. Was thinking of reparing :) but now i have to give a second thought. I used to work in a call center and my mom always used to wish me luck for my sell. Ama le best of luck bhanda mero prayee jaile sell huntheyoo. Thankyou so much for making me remember everything one more time.... And pliz be writing....
ReplyDeleteAll the best for coming days.
With lodz of love
Nikki Subedi.
What a beautiful story :) your story made me smile and sometimes i happen to have a lil tears on my eyes as well. The best part, u inspired me for my teeth. I have the same teeth alik derainai baira aako cha. Was thinking of reparing :) but now i have to give a second thought. I used to work in a call center and my mom always used to wish me luck for my sell. Ama le best of luck bhanda mero prayee jaile sell huntheyoo. Thankyou so much for making me remember everything one more time.... And pliz be writing....
ReplyDeleteAll the best for coming days.
With lodz of love
Nikki Subedi.